राजनीति


मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै

मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै

फाइल फोटो


नेपालखबर
पुस २३, २०८१ मंगलबार १७:५४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकका एजेन्डाबारे भने खुलाइएको छैन। यसअघि बिहीबार बैठक बसेको थियो।

आजको बैठकमा गृह मन्त्रालयले नेपाल प्रहरीका एआईजी र डीआईजी बढुवा गर्ने प्रस्ताव लैजाने छ।

यस्तै सशस्त्र प्रहरीका चार डीआईजीको एक वर्ष पदावधि थप गर्न पनि पहिल्यै प्रस्ताव गरिसकेको छ।

यदि आजको बैठकले उनीहरूको पदावधि थपको निर्णय नगरे भोलिबाटै अवकास हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad