राजनीति


माओवादीले फागुन १ देखि तराई-मधेस जागरण अभियान चलाउने

माओवादीले फागुन १ देखि तराई-मधेस जागरण अभियान चलाउने

नेपालखबर
पुस २१, २०८१ आइतबार १९:१२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिना तराई-मधेस जागरण अभियान चलाउने भएको छ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिने तराई-मधेस जागरण अभियान चलाउने प्रस्ताव गरेका थिए। 

बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व-पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेको जानकारी दिए।

त्यस्तै उपत्यका विशेष प्रदेशमा पनि अभियान चलाउने प्रस्ताव प्रचण्डले रोखका छन्। महिलाको अधिकार ३३ बाट बढाएर ५० प्रतिशत पुर्‍याउन पहल गर्ने प्रस्ताव पनि आएको सापकोटाले जानकारी दिए।

‘महिला दलित, मुस्लिमलाई विशेषअधिकार दिने कुरा त पहिला पनि गरेका थियौँ ,’ उनले भने, ‘महिलाको अधिकार पनि ३३ बाट बढाएर ३३ बाट ५० पुर्‍याउन पहल गर्ने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad