काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा ३९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अभियोगपत्र दायर गरेको हो।
अब जिल्ला अदालत कास्कीको थुनछेक आदेशपछि त्यहाँ रहेका दुई प्रतिवादी रवि लामिछाने र छविलाल जोशीलाई झिकाउँदै प्रहरीले पत्राचार गरिसकेको छ।
उनीहरुलाई कास्की प्रहरीले पठाएपछि थुनछेक आदेशको प्रक्रिया सुरु हुनेछ। अदालतमा उनीहरूविरुद्ध २ अर्ब ४१ करोड ३४ लाख ९१ हजार ७६९ रुपैयाँ बिगो माग गरिएको छ। यसमध्ये १ अर्ब १९ करोड ४९ लाख २१ हजार रुपैयाँ जाहेरवालालाई भराइदिन अभियोग पत्रमा उल्लेख छ।
अभियोग पत्रमा कसको संलग्नता कहाँ कहाँ देखियो भन्ने खुलाइएको छ। यस्तै सबैको छुट्टा छुट्टै बिगो कायम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेलाई ५ करोड ८ लाख ६७ हजार ६३३ रुपैयाँ बिगो तोकिएको छ।
हेर्नुहोस् रविको संलग्नता कहाँ कहाँ देखियो?
Shares

प्रतिक्रिया