लक्ष्मी सनराइज बैंक लि. को अगुवाइमा अप्पर मर्स्याङ्दी हाइड्रोपावरमा २१ अर्ब ४० करोड रुपैयाँ लगानी जुटेको छ।
लक्ष्मी सनराइजसहित ग्लोबल आईएमई तथा प्रभु लगायतका बैंकहरुले आयोजनामा लगानी गर्ने भएका हुन्।
सहवित्तीयकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिबीच सो कम्पनीले लमजुङ्ग जिल्लास्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मे.वा. क्षमताको अप्पर मर्स्याङ्दी -१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो।
सो आयोजनाको कुल लागत २१.४० अर्ब रुपैयाँ छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ।
अपर मर्स्याङ्दी हाइड्रोपावर-१ ले पुस १०, २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै पुस ९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ। सो कम्पनीको प्रवर्द्वकको रुपमा के.सी. ग्रुप र क्याल ग्रुप छन्।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्वक / संस्थापकहरुको लगानी रहनेछ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुमध्ये सह–अगुवा ग्लोबल आइएमइ बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ।
सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारणलाइनमा जडान हुँदा यो ठुला स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रुपमा रहने विश्वास लिइएको छ।
Shares

प्रतिक्रिया