राजनीति


प्रचण्डको प्रस्ताव-फागुन १ भित्र सबै केन्द्रीय सदस्यले स्रोत खुलाएर सम्पत्ति विवरण बुझाउनुपर्ने

प्रचण्डको प्रस्ताव-फागुन १ भित्र सबै केन्द्रीय सदस्यले स्रोत खुलाएर सम्पत्ति विवरण बुझाउनुपर्ने

नेपालखबर
पुस २१, २०८१ आइतबार १७:३२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रस्ताव गरेका छन्। 

माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको छैटौं बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्।

‘फागुन १ गतेसम्ममा सबै सीसीएमहरुले आफू र परिवारको सम्पत्ति विवरण बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने,’ उनको प्रस्ताव छ।

माओवादी केन्द्र भूमिगत हुँदा सबै केन्द्रीय नेताहरुले पार्टीमा सम्पत्ति विवरण बुझाउनुपथ्र्यो। तर, शान्ति प्रक्रियामा आएसँगै त्यस्तो प्रचलन तोडिएको थियो।

माओवादीमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य र २०५ वैकल्पिक केन्द्रीय सदस्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad