राजनीति


सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय

सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०८१ आइतबार ११:३६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक केहीबेरअघि सकिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा  आइतबार बिहान बसेको  बैठकले आजै दिउँसो १ बजेदेखि बस्न लागेको केन्द्रीय समितिको एजेन्डबारे छलफल गरेको थियो। 

बैठकबारे जानकारी गराउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समिति बैठकलाई व्यवस्थति र सार्थक बनाउने विषयमा छलफल भएको बताए। उनले भने, ‘आज विशेषगरी संगठनात्मक सिद्दान्त र केन्द्रीय समिति बैठकलाई व्यवस्थित प्रभावकारी बनाउने विषयमा नै छलफल केन्द्रित भयो।’

स्थायी समिति बैठकले तयार पारेको एजेन्डा अनुसार बैठकको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्नेछन्। त्यसपछि प्रदेश अध्यक्षहरुले रिर्पोटिङ गर्नेछन्। 

प्रवक्ता सापकोटाका अनुसार प्रदेश अध्यक्षको रिर्पोटिङ सकिएपछि प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नेछन्। संगठनात्मक सिद्दान्तबारे अर्को छुट्टै प्रतिवेदन पनि पेस हुने र छलफल हुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad