काठमाडौँ उपत्यकामा एकैदिन शनिबार २ पुरुष मृत भेटिएका छन्।
प्रहरीले आइतबार दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित निर्माणाधीन घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका हुन्।
यसैगरी शनिबारै ललितपुरको महालक्ष्मी नगरपालिका-४, इमाडोलस्थित खाली जग्गामा सिराहा घर भएका ३५ वर्षीय कुमार तोलङ्गे मृत भेटिएको प्रहरीले जनाएको छ।
मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
732
Shares

प्रतिक्रिया