राजनीति


रास्वपाले माघ २ गतेदेखि संगठन निर्माण अभियान सुरु गर्ने, जिल्ला–जिल्लामा कार्यदल बनाउने

रास्वपाले माघ २ गतेदेखि संगठन निर्माण अभियान सुरु गर्ने, जिल्ला–जिल्लामा कार्यदल बनाउने

नेपालखबर
पुस २०, २०८१ शनिबार १९:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन निर्माणका लागि २ महिने अभियान संचालन गर्ने भएको छ। शनिबार सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकले माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा संगठन निर्माणका लागि सहयोग गर्न जिल्ला–जिल्लामा विज्ञ सम्मिलित कार्यदल बाउनेबारे समेत छलफल भएको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

‘संगठन निर्माण अभियान सञ्चालन गर्ने छलफलमा केन्द्रीस्य सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरुले सिफारिस गरेको विज्ञ सदस्यहरु रहेको जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरुलाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसारको कार्यदल निर्माण गर्ने छलफल गरियो,’ बैठकबारे जानकारी गराउन जारी गरिएको सूचनामा भनिएको छ, ‘कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्ने छ।’

रास्वपाले महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पुरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्नेबारे समेत छलफल गरेको बताएको छ। 

बैठक भोलि पनि चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad