राजनीति


शेरा दरबारको जग्गा सरकारले फिर्ता ल्याओस्, सहयोग मात्रै होइन, धन्यवाद पनि भन्नेछु : प्रचण्ड

शेरा दरबारको जग्गा सरकारले फिर्ता ल्याओस्, सहयोग मात्रै होइन, धन्यवाद पनि भन्नेछु : प्रचण्ड

नेपालखबर
पुस १८, २०८१ बिहिबार १३:११, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कानुन विपरित काम भए जोसुकै भएपनि कानुनको दायरमा ल्याउन पर्ने बताएका छन्। 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा शेरादरबारबारे कुरा उठेपछि प्रचण्डले कानुनविपरित भए सरकारको नाममा जग्गा फिर्ता ल्याउन  आग्रह गर्दै  त्यसका लागि आफूले सहयोग गर्ने बताए।

‘अहिले यही शेरादरबारबारे चर्चा सुनेपछि मैले झापाको एउटा कार्यक्रममा बोलेका पनि थिएँ, दोषीलाई कारबाही गरियोस्, सरकारलाई सहयोग गर्न म तयार छु भनेको हुनाले अहिले धेरै भन्नु केही पनि छैन,’ प्रचण्डले भने, ‘मैले खाली सरकारलाई के भन्छु भने कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको कैयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइयो, त्यसैगरी शेरा दरबारको भयो भने म सरकारलाई सहयोग मात्रै होइन, धन्यवाद पनि भन्नेछु।’

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापरे पनि छानबिनको दायरामा ल्याउनु भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसको संस्मरण समेत गरे। ‘मैले त्यतिबेला छानबिन गर्दै गर्दा प्रचण्ड नै देखापर्‍यो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर पहिलोचोटी बोल्ने प्रधानमन्त्री सायद म नै थिएँ,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad