काठमाडौँ उपत्यकामा भूकम्पकाे धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गएकाे पुष्टि गरे।
‘बिहीबार दिउँसाे १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चाेककाे मजिटार वरपर केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलकाे भूकम्प गएकाे छ,’ अधिकारीले नेपालखबरसँग भने।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न जिल्लामा महसुस भएको छ। सामाजिक सञ्जाल प्रयाेगकर्ताले विभिन्न जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे बताएका छन्।
केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार आज गएकाे भूकम्प वि.सं. २०७२ मा गोरखाकाे बारपाक केन्द्रबिन्दु भएको भूकम्पकै पराकम्प हो।
विनासकारी गाेरखा भूकम्पपछि हजाराैँ परकम्प गइसकेका छन्।
Shares

प्रतिक्रिया