नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन्।
मंगलबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्नेमा जोड दिए।
‘आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ,’ देउवाको भनाइ छ, ‘मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ। अझै सुदृढ बनाउनु पर्छ। अझै प्रभावकारी बनाउनु पर्छ।’
उनले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकतावद्ध गर्नुपर्ने जिकिर गरे।
सभापति देउवाले कांग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको समेत टिप्पणी गरे।
Shares

प्रतिक्रिया