पूर्वमन्त्री एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।
उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको पनि बताए। भेटबारे गौतमले भने, ‘पुराना पुराना संस्मरणहरु पुनर्जीवित गरियो। नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो। र आजलाई स्थगित भयो। पार्टीमा आउने सम्भावना छँदैछ।’
नेता गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको समेत बताए।
गौतम एकीकृत समाजवादीमा जाने इच्छुक देखिएका छन्। उनलाई पार्टीको बरिष्ठ नेता बनाउनेगरी भित्र्याउने तयारीमा एकीकृत समाजवादी छ।
Shares

प्रतिक्रिया