प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफूले आफूलाई युवा नै ठान्ने गरेको भए पनि अब भने बुढेसकाल लागेको बताएका छन्।
आइतबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, ‘म हिजो अस्तिसम्म आफूलाई युवा ठान्दै थिएँ, अहिले त छाला चाउरी परेर, के भएर उधुम भइसक्यो। कपाल कुनै बाँकी छैन्। कालो कत्ति पनि छैन्। दातले पनि साथ दिन छोडीसके। आँखामा चस्मा झुन्ड्याउन परिसक्यो।’
ओलीले त्यसकारण आफूसँग धेरै समय नभएको समेत बताए। उनले भने, ‘त्यसकारण समय धेरै छैन, साना साना समयको अशंहरु मिलेर जिन्दगी बन्छ।’
204
Shares

प्रतिक्रिया