राजनीति


संविधान संशोधनमा कांग्रेस र एमाले मात्रै मिलेर जाने सोच्यौँ भने त्यो गलत हुन्छः कोइराला

संविधान संशोधनमा कांग्रेस र एमाले मात्रै मिलेर जाने सोच्यौँ भने त्यो गलत हुन्छः कोइराला

नेपालखबर
पुस १४, २०८१ आइतबार १४:०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन्।

आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले पटक–पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको दाबी गरे।

‘दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ,’ कोइरालाले भने, ‘०८४ को निर्वाचनका लागि हामी अघि बढेका छौँ। अलिकति तपाईंहरुलाई अचम्म पनि लाग्छ–यो के गरेको दुई वटा ठूला दल मिलेर सरकार बनाएका छन् भनेर? तर नेपालको इतिहास हेर्नुभयो भने ०४६ सालको जनआन्दोलनपछि किसुनजी प्राइममिनिस्टर हुनुभयो। त्यसमा एमालेका साथीहरु पनि हुनुहुन्थ्यो।’

संविधान संशोधनका लागि कांग्रेस र एमाले पछिल्लो हप्ता केही हप्ता सक्रिय भएको भन्दै उनले सबै दलसँग मिलेर संशोधन गर्नुपर्नेमा जोड दिए। ‘अहिले एमालेको नेतृत्वमा सरकार छ, अब डेढ वर्ष बाँकी छ,’ कोइरालाले भने, ‘डेढ वर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार आउँछ। चुनावमा हामी होमिन्छौँ। यो हप्तादेखि नेपाली कांग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ। त्यो राम्रो कुरा हो। अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ। माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ। नेपाली कांग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ।’

यो सरकारलाई असफल हुने छुट नरहेको भन्दै कोइरालाले अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने दाबी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad