राजनीति


खोटाङमा आगलागीबाट चार घर जलेर नष्ट

खोटाङमा आगलागीबाट चार घर जलेर नष्ट

नेपालखबर
चैत ५, २०७६ बुधबार ११:५५,

हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्।

केटाकेटीले खेलाउँदै गरेको आगो हावाले उडाएर घरमा पुग्दा स्थानीयवासी लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो।

आगलागीमा झनबहादुरको अनुमानित रु आठ लाख, लोकेन्द्रको रु पाँच लाख, जोखेको रु पाँच लाख र सीतादेवीको करीब रु चार लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट विस्थापितलाई आज नगरपालिकाले खाद्यान्न तथा बन्दोबस्तीका सामान प्रदान गरेको छ।

आगलागी पीडितलाई नगरपालिकाका तर्फबाट प्रतिघर २० केजीका दरले चामल, दाल, नून, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बललगायत राहत सामग्री प्रदान गरिएको नगर प्रमुख इवन राईले बताए। सल्लेस्थित वडास्तरीय विपत् व्यवस्थापन कोषबाट वडाध्यक्ष काशीराज राईले अग्निपीडित प्रतिपरिवार रु तीन हजारका दरले राहत रकमसमेत प्रदान गरेको जनाइएको छ।

स्थानीय दूधकोशी युवा क्लबले पनि आगलागीबाट विस्थापित परिवारलाई अस्थायी आवास एवं खाद्यान्न सहयोग गरेको छ । आगलागीमा धनमाल नष्ट भएपछि स्थानीयवासीको बिचल्ली भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। मंगलबार अपराह्न भएको आगलागी स्थानीयवासीले साँझ मात्र नियन्त्रणमा लिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad