सरकारले कोरोना प्रभावित सबै देशका नागरिकलाई नेपाल आगमनामा प्रतिवन्ध लगाएको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
‘युरोपका सबै मुलुकहरु, मश्चिम एशियालगातय खाडी क्षेत्रका मुलुकहरु इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई’ प्रतिवन्ध लगाएको निर्णयमा उल्लेख छ। यस्तो प्रतिबन्ध २० मार्च मध्य रातिदेखी १५ अप्रिलसम्म लागू हुने बताइएको छ।
यसैगरी, आवगमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकहरुको भिसा अवधि नियमित गर्न निर्धारित भिसा अवधिभित्र आवेदन गरेमा प्रचलित कानून बमोजिम भिसा नियमित गरीदिने निर्णय गरेको छ।
त्यस्तै कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एड्भाईजरी जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफैँ उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने निर्णय गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई टिकट रद्द गर्दा पुरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया