राजनीति


आज दिउँसो काठमाडौँ आइपुग्दै श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे

आज दिउँसो काठमाडौँ आइपुग्दै श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे

फाइल तस्बिर: श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे


नेपालखबर
पुस १३, २०८१ शनिबार ११:१४, काठमाडौँ

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे शनिबार नेपाल आउँदै छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार उनी निजी भ्रमणका लागि नेपाल आउन लागेका हुन्। 

पूर्वराष्ट्रपति विक्रमासिंघे दिउँसो १:५५ बजेतिर काठमाडौँ आइपुग्ने तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले नेपालखरबलाई जानकारी दिएको छ। 

श्रीलंकाली पूर्वराष्ट्रपति विक्रमासिंघेको शिष्टाचार र सुरक्षाको प्रबन्ध परपराष्ट्र मन्त्रालयल‍े गर्ने जनाइएको छ। 

पूर्वराष्ट्रपति विक्रमासिंघे नेपाल भ्रमणका क्रममा लुम्बिनीसमेत जाने कार्यक्रम छ। भ्रमण सम्पन्न गरी उनी पुस १७ गते स्वदेश फर्कनेछन्।

६ पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका उनी २०२२ को विद्रोहका क्रममा तत्कालीन राष्ट्रपति गोताबाय राजापाक्षे भागेपछि बाँकी कार्यकालका लागि राष्ट्रपति भएका थिए। 

संसद्‌ले उनलाई त्यतिबेला राष्ट्रपति बनाए पनि चुनाव जितेर राष्ट्रपति बन्ने उनको धोको भने पूरा हुन सकेन।

उनी १९९९, २००५ र २०२४ मा राष्ट्रपति पदमा उम्मेदवार बनेका थिए।

पछिल्लो निर्वाचनमा उनी तेस्रो स्थानमा खुम्चिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad