राजनीति


अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली

नेपालखबर
पुस ११, २०८१ बिहिबार १७:३५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोप-३० जाँदा भाषण सुनेर फर्किने नभइ निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिएका छन्। 

बिहीबार काठमार्डाैँमा वन तथा वातावरण मन्त्रालयले कोप-२९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनमा उत्कृष्ट रुपमा आफ्ना धारणा र एजेण्डाहरु प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

‘हामी जानुपर्छ, कोप-३० मा जाँदा हामी विशेष तयारीका साथ जानुपर्दछ,’ उनले भने, ‘लेक्चर सुनेर आउने होइन, निर्णय गराएर आउने। हामीले लिड गर्नुपर्छ, यी इस्युहरुमा। तीन मिनेटको समय दिएको छ भने तीन मिनेट कतिबेला आयो भन्नेकुरा तिनीहरुले सम्झन पनि नपाउन्। हाम्रो लजिक त्यसरी जानुपर्छ। कतिबेला तीन मिनेट आयो, थाहा पनि नपाउन्। लजिकले समय बिर्साइदिन्छ। नेपाल देखिने, सुनिने हुनुपर्छ। नेपाल बुझिने हुनुपर्छ।’


प्रधानमन्त्री ओलीले सिमित श्रोत र साधनका बाबजुत पनि नेपालले सचेतनामुलक कार्यक्रमहरुमार्फत वातावरण सफा राख्नसक्ने धारणा राखे। वन जंगलमा डढेलो लाग्न नदिन नागरिकमा सचेतना फैल्याउन आवश्यक रहेको समेत उनको भनाइ छ।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad