खेल


क्रिकेटर दाजुभाइ आरिफ र आसिफले एकैदिन बिहे गर्दै

क्रिकेटर दाजुभाइ आरिफ र आसिफले एकैदिन बिहे गर्दै

नेपालखबर
पुस ११, २०८१ बिहिबार १७:४१, काठमाडौँ

नेपाल प्रिमियर लिग सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेखले एकैदिन बिहे गर्ने निर्णय लिएका छन्। 

अलराउण्डर आरिफले सबाना खातुनसँग र आसिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार एकैदिन विवाह गर्न लागेका हुन्। यतिखेर होम टाउन विरगञ्जमा रहेका आरिफ-आशिफ बिहेको निमन्त्रणा कार्ड धमाधम बाँडिरहेका छन्। 

कार्डमा उनीहरूको विवाहको रिसेप्सन जनवरी ४ अर्थात् पुस २० गते वीरगञ्जमा हुने लेखिएको छ। भर्खरै सम्पन्न एनपीएलमा आसिफ जनकपुर बोल्ट्स र आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। 

फाइनलमा दुइ दाजुभाइकै टिमको भिडन्त भएको थियो। तर, आसिफको जनकपुरले उपाधी जित्दा आरिफको सुदूरपश्चिम उप–विजेता बनेको थियो। 

आफ्नो कोखबाट हुर्किएका दुई सन्तान खेलको मैदानमा आमनेसामने हुँदा बुवा मोहमद सलाम शेखले आसिफको टिम जनकपुरलाई समर्थन गरेका थिए भने आमा प्रवीण बानु आरिफको टिम सुदूरपश्चिमको पक्षमा उत्रिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad