राजनीति


रास्वपामा पुरानो मिति राखेर डीपी अर्याललाई तोकियो कार्यवाहक सभापति

रास्वपामा पुरानो मिति राखेर डीपी अर्याललाई तोकियो कार्यवाहक सभापति

नेपालखबर
पुस ८, २०८१ सोमबार १७:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापति तोकिएको छ।

सभापति लामिछानेले आइतबार आफूविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएको उनीनिकट स्रोतले जानकारी दिएको छ। 

‘पुरानो मिति राखेर कार्यवाहक सभापतिको जिम्मेवारी तोकिइसकेको छ। धेरै नेताहरू पोखरामै हुनुहुन्छ। पार्टीले केहीबेरमा औपचारिक रूपमा जानकारी सार्वजनिक गर्नेछ,’ स्रोतले भन्यो।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पनि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएको पुष्टि गरे। 

‘सभापतिज्यूले डीपी सरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘एक–दुई दिनदेखि नै उहाँहरूले सल्लाह र तयारी गरिसक्नुभएको रहेछ। कार्यवाहक महामन्त्री (कबिन्द्र बुर्लाकोटी)सँग पनि छलफल गरेर प्रक्रियाहरू मिलाइएको हो।’

अब यो निर्णय पार्टीका केन्द्रीय समिति, प्रदेश समिति र मातहतका अन्य संगठनहरूलाई जानकारीका लागि पठाइने श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad