राजनीति


रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै, अर्याललाई कार्यवाहक सभापति तोक्ने तयारी

रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै, अर्याललाई कार्यवाहक सभापति तोक्ने तयारी

नेपालखबर
पुस ८, २०८१ सोमबार १२:५२, काठमाडौँ

सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ।

बैठक आज साँझ ४ बजे भर्चुअल माध्यमबाट बस्ने उपाध्यक्ष डीपी अर्यालले जानकारी दिए। कतिपय नेताहरू उपत्यकाबाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको अर्यालको भनाइ छ।

बैठकले रास्वपाको कार्यवाहक सभापति तोक्नेछ। कार्यवाहक सभापति उपाध्यक्ष अर्याललाई नै तोक्ने अनौपचारिक समझदारी रास्वपामा बनेको नेताहरूले बताएका छन्।

यसअघि नागरिकता विवादका कारण रविको सांसद र सभापतिको पद गएपछि पनि अर्याल नै कार्यवाहक सभापति बनेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad