प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले लेखा समिति सभापति ऋषिकेश पोखरेललाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
सोमबार बसेको लेखा समितिको बैठकमा माओवादीका सांसद अमनलाल मोदीले लेखा समिति प्रतिपक्षले पाउनुपर्ने भन्दै पद छाड्न आग्रह गरेका हुन्।
‘लेखा समिति स्वभाविक रुपमा प्रतिपक्षले पाउँछ,’ बैठकमा उनले भनेका थिए, ‘त्यसैले सभापतिले मार्गप्रशस्त गर्दा राम्रो राम्रो हुन्छ।’
सरकारबाट बाहिरिएर प्रतिपक्ष बनेसँगै माओवादीले लेखा समिति आफूहरुले पाउनुपर्ने माग गरिरहेको छ।
तर, सत्तारुढ नेकपा एमालेले भने यसअघि पनि सत्तापक्षले पनि लेखा समिति लिने गरेको भन्दै माओवादीको मागको बेवास्था गर्ने गरेको छ।
192
Shares

प्रतिक्रिया