हङकङको क्याथे प्यासिफिक एयरवेजले एक यात्रुका कारण अमेरिका उडेको विमान टोकियो डाइभर्ट गर्नुपरेकामा माफी मागेको छ। जसका कारण यात्रुहरूलाई १५ घण्टाको ढिलाइ भएको थियो।
शनिबार साँझ ७:४० मा क्याथे प्यासिफिकको उडान ८१२ हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बोस्टनका लागि उडेको थियो। तर, एक यात्रुले विमानमा बबाल गरेपछि उनलाई नियन्त्रण गर्न विमानलाई टोकियाको हानेदा विमानस्थलमा अवतरण गरिएको थियो।
ती यात्रुले अन्य यात्रुलाई कुटपिट गरेका थिए। ती यात्रुलाई टोकियोमा जापानी प्रहरीले पक्रेको छ।
जापानबाट सो विमान बिहान ३:१५ बजे हङकङका लागि उडेको थियो र ७:१५ बजे अवतरण गरेको थियो।
त्यसपछि यात्रुहरूलाई अर्को विमानमा राखेर १०:४५ बजे उडाइएको थियो।
यात्रुहरूले बेहोरेको कष्टबारे सामाजिक सञ्जालमा पीडा पोखेका छन्।
एयरवेजले भने असुविधाप्रति माफी मागेको छ। एससीएमपी
1.4k
Shares

प्रतिक्रिया