राजनीति


बारसँग मेरो कुनै विमति छैन : प्रधानन्यायाधीश राउत

बारसँग मेरो कुनै विमति छैन : प्रधानन्यायाधीश राउत

नेपालखबर
पुस ८, २०८१ सोमबार ११:२८, काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल बार एशोसिएशनसँग आफ्नो कुनै विमति नरहेको स्पष्ट पारेका छन्। 

आइतबार नेपाल बार दिवसको अवसरमा भक्तपुर जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बारसँग आफ्नो परिषद्को हैसियतमा पनि कुनै विमति नरहेको बताए। 

‘बारसँग मेरो कुनै विमति छैन, परिषद्को हैसियतमा पनि मेरो तपाईंहरुसँग विमति छैन,’ राउतले भने, ‘मलाई निश्चित कामहरु संविधानले तोकिदिएको छ। मेरा निश्चित कर्तव्यहरु कानुनले तोकिदिएको छ। मैले त्यहाँनेर बार हेर्नु पर्दैन। खाली बारको कुरा के हो? प्रश्न के हो? जिज्ञासा के हो? मैले वैधानिकताबाट सम्बोधन गर्नसक्ने ठाउँ कति रहेको छ? त्यतिसम्ममा मैले के गर्ने हो। मैले नेतृत्व तहबाट विचार गर्ने हो।’

प्रधानन्यायाधीश राउतले कानुन व्यवसायीहरुको पेशालाई मर्यादित र समृद्ध बनाउन आवश्यक रहेको जिकिर गरे। कानुन व्यवसायीहरुले निष्ठालाई कायम राखेर मात्रै निष्पक्ष न्याय दिनसक्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad