राजनीति


ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ : प्रधानमन्त्री ओली

ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ : प्रधानमन्त्री ओली

नेपालखबर
पुस ६, २०८१ शनिबार १४:४५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र नेपालीहरु एकजुट हुनुपर्ने बताए। 

उनले परस्परमा घृणा नभइ विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताए। उनले ध्यान र योगले भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्ने बताए। 

उनले ध्यान दिवसलाई औपचारिक दिवसको रुपमा मात्रै नभइ वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने मार्गदर्शनको रुपमा अघि बढाउनुपर्ने बताए। आफू तालि बजाउन नभइ काम गरेर परिणाम निकाल्नका लागि सरकारमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्नमा विश्वास गर्ने व्यक्ति भएको बताए।


‘हामी मान्छे हौँ, मान्छेले मान्छेलाई प्रेम गर्नुपर्छ,’ उनले भने, ‘हामी नेपाली हौं। पहिलो कुरा, हामी नेपाली एकजुट हुनुपर्छ। परस्परमा घृणा होइन, विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव हामीले कायम गर्नुपर्छ। समानता कायम गर्नुपर्छ। त्यसको आधारमा राष्ट्रिय एकता कायम गर्नुपर्छ। ध्यानले, योगले यो भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्दछ। यस दिवसलाई एउटा औपचारिक दिवसको रुपमा मात्रै होइन, वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने, मार्गदर्शनको रुपमा अघि बढाउनुपर्छ।’ 


प्रधानमन्त्री ओलीले ज्ञानको मुहान ध्यान भएको उल्लेख गरे। उनले ध्यान र योगलाई आफ्नो दिनचर्या बनाउन आह्वान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad