राजनीति


नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता

नेपालखबर
चैत ४, २०७६ मंगलबार ११:५१,

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (मंगलबार) समसामयिक विषयमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड अपरान्ह ४ बजे बालुवाटार पुगेका थिए।

दोस्रो पटकको मिगौला प्रत्याोपण गरेर आराम गरिरहेका ओली र प्रचण्डबीचको यो पहिलो भेटवार्ता हो।

दुई अध्यक्षबीचको भेटमा नेकपा महासचिव विष्णु पौडेल समेत सहभागी थिए।

फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले पार्टी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।

त्यसपछि फागुन १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गराउन लागेको जानकारी गराएका थिए।

यसैबीच राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपालको कार्यकाल सकिएको हुँदा तत्काल नियुक्त गर्नुपर्ने नयाँ गभर्नर चयनबारे पनि दुई अध्यक्षबीच छलफल भएको हुनसक्ने स्रोतले बताएको छ।

त्यसैगरी अमेरिकी सहयोग कार्यक्रम एमसीसी अनुमोदन गर्ने विषय पनि निर्णय हुन नसक्दा संसदमा सो प्रस्ताव अड्किइरहेको छ।

सोमबार सभामुख अग्नि सापकोटाले सो प्रस्तावबारे दलको निर्णय पर्खिरहेको बताएका थिए।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारमा रहेपछि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad