पोखरा क्षेत्रीय विमानस्थलमा कार्यरत सबै चिनियाँ कामदार कोरोना संक्रमण मुक्त देखिएका छन्। चीन सरकारको सहयोगमा निर्माण भइरहेको विमानस्थलमा चिनियाँ नागरिक कार्यरत छन्।
कोरोना भाइरस चीनमा देखिएपछि आएका कामदारहरुको समेत स्वास्थ्य परीक्षण गरिएको र उनीहरुमा संक्रमण नदेखिएको परियोजना प्रमुख विनेश मुनाकर्मीले बताए।
‘फेब्रुअरीपछि आएका १०७ चिनियाँ कामदारहरु चीनमै १४ दिन क्वारेन्टाइनमा बसेकाहरु हुन्। उनीहरुमा कोरोना संक्रमण देखिएको छैन’, मुनाकर्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कोरोना नदेखिएपछि उनीहरुलाई काममा लगाइएको र स्वास्थ्य निगरानीमा राखिएको उनले बताए। ‘कोरोना संक्रमण नभएको प्रमाण पत्रसहित काममा आएका उनीहरुबारे अनावश्यक हल्ला नगरिदिनु होला’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया