राजनीति


प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट

नेपालखबर
पुस ३, २०८१ बुधबार १२:४८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरे। 

सो अवसरमा दुई देशबीचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुद बनाउने विषय छलफल भएको थियो। भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो। भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad