अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनले त्यसको विरोध गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले ट्रम्पको भनाइको भर्त्सना गरे।
‘विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समुदाय भाइरसलाई कुनै एक मुलुकसँग जोड्ने र त्यो मुलुकलाई बदनाम गर्ने प्रयासको विपक्षमा छन्,’ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा गेङले भने, ‘हामी अमेरिकालाई आफ्नो गल्ती तत्काल सच्याउन र चीनविरुद्ध आधारहीन आरोप लगाउन बन्द गर्न आग्रह गर्छौँ।’
‘अमेरिकाले पहिले उचित काम गर्नुपर्छ। त्यसपछि महामारीविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय समुदायसँग मिलेर रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ,’ उनले थपे। एजेन्सी
3
Shares

प्रतिक्रिया