कारोबार


४४ अंकले ओर्लियो सेयरबजार, म्युचुअल फन्डबाहेकका सबै समूहको सूचक रातो

४४ अंकले ओर्लियो सेयरबजार, म्युचुअल फन्डबाहेकका सबै समूहको सूचक रातो

नेपालखबर
चैत ४, २०७६ मंगलबार १०:३३,

मंगलबार सेयरबजार ४४.३३ अंकले ओर्लिएको छ। बजार सूचक नेप्से उक्त अंकले घटेर १२७२.०६ विन्दुमा रोकिएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक समेत ८.५३ अंकले घटेको छ।

आज कुल १ सय ७५ कम्पनीको कारोबार भएको छ। दिनभरिमा १८ हजार २ सय ५७ पटक खरिदबिक्रीपछि उक्त कम्पनीको ४३ लाख ६७ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज कम्पनीहरुले १ अर्ब ४६ करोडको सेयर बिक्री तथा खरिद गरेका छन्।

बजार घटेको दिन कुल १२ समूहमध्ये म्युचुअल फन्डको सूचक मात्रै हरियो रहँदा बाँकी समूह राताम्य भएका छन्। धेरै कारोबार गर्ने कम्पनीमा एनआईसी एसिया बैंकले सबैलाई उछिनेको छ। उसले १० करोडको सेयर कारोबार गर्दा एनएमबी बैंकको ९ करोड १६ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ३९ लाखको, हिमालयन डिस्टिलरीको ४ करोड ६४ लाखको, नेपाल बैंकको ४ करोड २८ लाखको कारोबार भएको छ।

आज कमाउनेमा जोशी हाइड्रोपावर अगाडि छ। कम्पनीको मूल्य ७.६९ प्रतिकित्ता दरमा बढेको छ। बाँकी कम्पनीको सेयर मूल्य झिनो दरले मात्रै बढेको छ। गुमाउने कम्पनीहरुले १० प्रतिशतसम्म घाटा व्यहोरेका छन्। पाँचवटा कम्पनीको सेयर पनि ९ अंक हाराहारीमा घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad