राजनीति


माओवादी स्थायी समिति बैठक जारी, केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने

माओवादी स्थायी समिति बैठक जारी, केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १२:४९, काठमाडौँ

माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्थताको कारण बिहीबार स्थगित भएको बैठक आज बसेको हो।

यो बैठकले माओवादी केन्द्रको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन्। माओवादी केन्द्रीय समितिको बैठक आगामी पुस २ देखि ७ गतेसम्म बस्दै छ। 

त्यसैगरी बैठकमा यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षासहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्।

माओवादीले स्थायी समिति बैठकबाट पूर्वराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने तयारी गरेको छ। आजको बैठकमा यस विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad