नेपाली सेनाको उपरथीमा सहायक रथी नकुल रायमाझीलाई बढुवा गर्ने प्रक्रिया अगाडि बढेको छ। उपरथी प्रदीपजंग केसी रथीमा बढुवा भएपछि रिक्त स्थानमा रायमाझीलाई बढुवा गर्न लागिएको हो।
रायमाझीलाई उपरथीमा बढुवा गर्नका लागि नेपाली सेनाले ७ दिने सूचना प्रकाशित गरेको छ। अब ७ दिनभित्रमा उनीउपर कुनै उजुरी परेमा सेनाले छानबिन गर्नेछ र बढुवा सिफारिस गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ।
तर उजुरी नपरेमा भने अर्को साता बढुवाका लागि समितिले सिफारिस गर्नेछ। हालका सहायक रथीहरूमा उनी वरिष्ठ हुन्। उनीभन्दा अगाडि रहेका सहायक रथी प्रेमबहादुर पुन केही साताअघि मात्रै उपरथीमा बढुवा भइसकेका छन्। उपरथीबाट बाबुराम श्रेष्ठ अवकास भएपछि पुनलाई बढुवा गरिएको थियो।
पुन र रायमाझी उपरथीमा बढुवा हुँदा नेपाली सेनामा २ जना सहायक रथीको पद रिक्त हुनेछ। उक्त पदका लागि पनि सेनाले एकसाथ बढुवाको प्रक्रिया अगाडि बढाएको छ।
Shares

प्रतिक्रिया