राजनीति


नेपाली सेनाको सहायक रथीमा गुरुङ र राठौर बढुवा हुने

नेपाली सेनाको सहायक रथीमा गुरुङ र राठौर बढुवा हुने

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार २१:४०, काठमाडौँ

नेपाली सेनाको सहायक रथीमा दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौर बढुवा हुने भएका छन्। महासेनानी गुरुङ र राठौरलाई सहायक रथीमा बढुवा गर्न सेनाले प्रक्रिया अगाडि बढाएको हो। 

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले उनीहरूलाई सहायक रथीमा बढुवा गर्न लागिएको भन्दै कुनै उजुरी भए ७ दिन भित्र दिन सूचना प्रकाशित गरिसकेको छ। यदि उजुरी नपरेमा दुवैजना सहायक रथीमा बढुवाका लागि सिफारिस हुनेछन्। 

उजुरी परेमा त्यसउपर छानबिन गरेर मात्रै थप प्रक्रिया अगाडि बढाइनेछ। अब ७ दिनपछि बढुवा सिफारिस समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गर्नेछ। 

त्यसपछि मन्त्रिपरिषदबाट बढुवाका लागि निर्णय हुनेछ। नेपाली सेनाका सहायक रथी प्रेमबहादुर पुन उपरथीमा बढुवा भएका र नकुल रायमाझी पनि बढुवाका लागि सिफारिस भएपछि सेनामा दुईजना सहायक रथीमा बढुवा गर्नुपरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad