हङकङमा यात्रुको कुटाइबाट रेलवे स्टेसनका कर्मचारीको करङ भाँचियो

हङकङमा यात्रुको कुटाइबाट रेलवे स्टेसनका कर्मचारीको करङ भाँचियो

सन्दिग्ध पक्राउ परिसकेका छन् (एससीएमपी)


नेपालखबर
मंसिर २६, २०८१ बुधबार १७:५१, हङकङ

हङकङमा एमटीआर रेलवे स्टेसनका कर्मचारी र यात्रु अर्का यात्रुबाट कुटिएका छन्। मंगलबार प्रहरीले जानकारी गराएअनुसार डिप्रेसनबाट ग्रस्त ती यात्रु फलोअपका लागि अस्पतालको अपोइन्टमेन्टमा थिए।

सामसुइ पो एमटीआर स्टेसनको प्लेटफर्ममा बस्दा पीडा (दुखाइ)को अनुभव गरेका उनलाई सँगै रहेका अर्का यात्रुले मद्दत गर्न खोज्दा ५/६ लात हानेर धकेलिदिए र रेलको प्लेटफर्ममा भित्र-बाहिर गर्न थाले। उनले यसो गर्दा रेलको ढोका बन्द गर्न समस्या पर्‍यो र रेलसेवा १० मिनेट ढिला भयो।

स्रोतका अनुसार पुरुषको यस्तो हर्कतपछि स्टेसनकी एक महिला कर्मचारीले उनलाई रोक्न तथा मनाउन खोजिन्। तर, उनीमाथि ती व्यक्तिले सफ्ट ड्रिंक फ्याँकिदिए अनि लात हाने। जसको परिणमस्वरुप उनको करङ भाँचियो।

यसपश्चात् अफ-ड्युटी प्रहरी अधिकारी र अग्नि नियन्त्रकले उनलाई पक्राउ गरेका थिए। यसपछि उनलाई कारितास मेडिकल सेन्टर लगिएको थियो।

यो घटनाको भिडिओ सामाजिक सञ्जालमा पनि राखिएको छ। जहाँ देखिएअनुसार सन्दिग्ध व्यक्ति हातमा सफ्ट ड्रिंक लिएर ट्रेन क्यारेज र प्लेटफर्मको बीचमा हिँडिरहेका हुन्छन्।

जब दुई एमटीआर कर्मचारी उनको नजिक पुग्छन् महिला कर्मचारीलाई पेटमा हिर्काए र लात हाने। घाइते कर्मचारी रेलिङमा झुकेर चोट लागेको अंग समाउँदै रुन्छिन्।

एमटीआर कर्पोरेसनले पनि यात्रुको आक्रमणबाट कर्मचारी घाइते भएको जनाएको छ। ‘घटना भएपछि कर्मचारीले तुरुन्तै नियन्त्रण केन्द्रलाई सूचित गरे, सहयोगका लागि प्रहरी र एम्बुलेन्स सेवालाई खबर गरे,’ एमटीआर कर्पोरेसनका प्रवक्ताले भनेका छन्, ‘स्थितिलाई नियन्त्रणमा लिन खोज्दा एक महिला कर्मचारी घाइते भइन्।’ (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .