राजनीति


महारानीझोडामा जग्गाधनी प्रमाणपुर्जा वितरणको शुभारम्भ

महारानीझोडामा जग्गाधनी प्रमाणपुर्जा वितरणको शुभारम्भ

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १६:३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा नं ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरणको आज शुभारम्भ गरेका छन्।

साविक महारानीझोडा गाविसमा ४ हजार घरघुरीका करिब ८ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाएर समाधानको पहल गरेपछि प्रमाणपुर्जा वितरण सुरु हुन सकेको हो।

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad