राजनीति


कर्मचारीले प्रधानमन्त्री र मुख्यसचिवले भनेको मान्दैनन्, अख्तियारले भन्दा १० मिनेटमै गर्छन् : खतिवडा

आफूलाई नैतिकवान् र अरूलाई अनैतिक ठान्ने प्रवृत्ति : मुख्यसचिव अर्याल
कर्मचारीले प्रधानमन्त्री र मुख्यसचिवले भनेको मान्दैनन्, अख्तियारले भन्दा १० मिनेटमै गर्छन् : खतिवडा

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८१ सोमबार १४:२३, काठमाडौँ

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास भएको टिप्पणी गरेका छन्।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मुख्यसचिवले पनि कर्मचारीलाई निर्देशन दिँदा पालना नभइरहेको बताए।

उनले सरकार र मुख्यसचिवले भनेको नमान्ने तर अख्तियारले भन्दा १० मिनेटमा काम गर्ने प्रचलन कर्मचारीतन्त्रमा हाबी भएको उनको भनाइ छ।

अख्तियारसँग डण्डा, कानुन र हत्कडी लगाउने क्षमता भए पनि सही रूपमा प्रयोग हुनुपर्ने धारणा पनि उनले राखे।

बजेट छुट्याउँदैमा मानिसहरू जेल जानुपरे विकास निर्माणका काम अगाडि बढ्न नसक्ने चिन्ता पनि उनले व्यक्त गरे। अदालतमा मुद्दा दर्ता हुनेबित्तिकै निलम्बन हुने पद्धतिले भविष्यमा राम्रो नगर्ने उनको तर्क थियो। पछिल्लो समय नीतिगत भ्रष्टाचारका विषय उठेको भन्दै सहसचिवको जिम्मेवारीमा रहेको काम सचिव र सचिवबाट हुने काम मन्त्रीमा लैजाने अवस्था आएको उनको भनाइ थियो।

उनले भने, ‘प्रधानमन्त्रीले भनेको कुरा नहुने तर अख्तियारले भनेको मात्रै काम हुने पद्धतिको विकास भयो भने सरकार कहाँ जान्छ? त्यो विषयमा कर्मचारीहरूले ध्यान दिनू। मुख्य सचिवले कर्मचारीहरूलाई एउटा निर्देशन दिँदा पालना गर्न अन्कनाउनुहुन्छ। अख्तियारले भन्यो भने १० मिनेटमा काम सक्नुहुन्छ। किनभने अख्तियारमा डण्डा, कानुन र हत्कडी लगाउने क्षमता छ। त्यो सही रूपमा प्रयोग हुनुपर्छ भन्ने हाम्रो चाहना छ।’

मुख्य सचिव एकनारायण अर्यालले शासनमा सहकार्य गर्ने सबै पात्रहरू नैतिकता, सदाचार र इमान्दारिताको मूल्य विकास गरी नैतिक रूपमा उन्नत र समुन्नत नेपाल निर्माण गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘आफूलाई नैतिकवान् ठानिरहँदा अरूलाई अनैतिक ठान्ने प्रवृत्ति बढी देखिएको छ। नैतिकता हराइरहेको समाजमा नैतिकवान् समाज निर्माण गर्नुपर्नेछ। बहुआयामिक रूपमा रहेको भ्रष्टाचारलाई सार्वननिक, सरकारी, निजी क्षेत्र एवं नागरिक समाजसँगको सहकार्य र सहयोग निर्वाह गर्ने कार्यमा सरकारको सहयोग रहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad