राजनीति


रविलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रविलाई थप चार दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १४:४४, काठमाडौँ

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतबार अदालतमा उपस्थित गराएको थियो। कात्तिक २ गतेदेखि लामिछाने हिरासतमा छन्। 

यसबिचमा उनीसँग सूर्यदर्शन सहकारी ठगीसँगै बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारीमा पनि बयान लिइएको छ। 

अब सानो पाइला सहकारीको ठगीमा अनुसन्धान गर्न पर्सा लैजाने तयारी छ। सहकारी ठगीसँगै सम्पत्ति सुद्धिकरण र संगठित अपराधमा पनि अनुसन्धान गरिरहेको प्रहरीले बढीमा पुस ६ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। 

लामिछानेसँगै पूर्व डीआईजी छविलाल बन्जाडे जोशी पनि हिरासतमा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad