कला


शोभित बस्नेतको निर्देशनमा फिल्म ‘पीआर’ बन्ने

शोभित बस्नेतको निर्देशनमा फिल्म ‘पीआर’ बन्ने

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १४:५२, काठमाडौँ

फिल्म ‘पीआर’ बन्ने घोषणा भएको छ। सलोन सलिना फिल्मसको बन्ने यस फिल्मलाई शोभित बस्नेतले निर्देशन गर्नेछन्।

फस्टलुक पोस्टर सार्वजनिक गर्दैं फिल्म निर्माणको घोषणा गरिएको हो। फस्टलुकमा हातमा सुटकेस बोकेर अष्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ। पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य राखिएको छ।

ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता छन्। आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता हो।

निर्देशक शोभितका अनुसार फिल्मका लागि हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ। फिल्ममा राजजंग क्षेत्री प्रोडक्सन हेड हुन्।

शोभित बस्नेतको कथा रहेको फिल्ममा गणेश बुढाथोकीको पटकथा र संवाद छ। निर्देशक बस्नेतले फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा गरिने बताए।

‘सम्पूर्ण कलाकार र प्राविधिक अष्ट्रेलियाबाटै छानिनेछन्। अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad