राजनीति


शशांकसँग विराटनगरको कोइराला निवासमा देउवा, शेखर चितवनतिर

शशांकसँग विराटनगरको कोइराला निवासमा देउवा, शेखर चितवनतिर

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १४:२५, विराटनगर (मोरङ)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगर पुगेका छन्।

पार्टीको कोसी प्रदेशस्तरी भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुन उनी शुक्रबार विराटनगर ओर्लिएका का हुन्।

शनिबार बिहानै उनी चिया पिउने गरी विराटनगरमा रहेको कोइरालानिवास पुगे। त्यहाँ उनलाई कांग्रेसका पूर्वमहामन्त्री एवं बीपी कोइरालाका छोरा डा. शशांक कोइरालाले स्वागत गरे।

स्वर्गीय गिरिजाप्रसाद कोइराला कांग्रेसको सभापति हुन्जेल उनको निवास एउटा शक्तिकेन्द्र र राजनीतिक धामजस्तै थियो।

शनिबार एकाबिहानै कांग्रेस सभापति देउवाको उपस्थितिले कोइराला निवासमा बेग्लै रौनक छायो। देउवाले त्यहीँ बसेर कांग्रेसका नेता-कार्यकर्तासँग भलाकुसारी पनि गरे।

रोचक त के भने देउवा शशांकसँग कोइराला निवासमा पुगिरहँदा डा. शेखर कोइरालाले भने चितवन पुगेका छन्। पार्टीको भेलाअगावै आफूपक्षीय नेता-कार्यकर्ताको भेला गरेर चितवनतिर लागेका हुन्।

शेखर भने चितवन कांग्रेसका पूर्वसदस्य उद्धव लोहनीका बुवा टेकबहादुर लोहनीको शोकसभा र कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवा भीष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुन चितवन गएको उनका सहयोगी दिनेश थपलियाले जानकारी दिए।

लगातार दुई कार्यकाल पार्टीको नेतृत्व गरिसकेका देउवाको उत्तराधिकारीको खोजी कांग्रेसमा भइरहेको छ। यसअघिको महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा शेखर पराजित भएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad