खेल


जितका लागि विराटनगरले पायो १३४ रनको लक्ष्य

जितका लागि विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १४:३२, काठमाडौँ

ओपनर देव खनाल र विलियम बसिस्टोको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्ससामु जितका लागि १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली १ सय ३३ रन बनाउँदा इनिङ्सको अन्तिम बलमा अलआउट हुन पुग्यो। 

तेस्रो ओभरमा नै दुई विकेट गुमाएर दबाबमा आएको कर्णालीका लागि तेस्रो विकेटका देव खनाल र विलियम बसिष्टोले १ सय २ रनको साझेदारी गरे। विलियम बसिष्टो ६६ रन बनाउँदा क्रिस सोलेको बलमा एलबीडब्लु धरापमा परे। 

४९ बलमा ५ चौका र ३ छक्का हानेका बसिस्टो १९ औँ अन्तिम बलमा पेभेलियन फर्के। ४८ बलमा ४ चौका र २ छक्का सहयोगमा ५३ रन बनाएका देव बसिर अहमदको बलमा क्रिस सोलेको हातबाट क्याच आउट भए। 

देव र बसिष्टो बाहेक अन्य ब्याटरले ६ रनको आँकडा पार गर्न सकेनन्। पाँच ब्याटर शुन्य रनमा पेभेलियन फर्के। दुई ब्याटरले समान एक रन बनाए। जिसनले २ रन थपे। शिखरले ५ रन बनाए। 

४ बलमा ५ रन बनाएका ओपनर शिखर धवन दोस्रो ओभरको तेस्रो बलमा नै प्रतिश जिसीको बलमा बोल्ड आउट भए। तेस्रो ओभरको दोस्रो बलमा चान्डविक वाल्टन १ रनमा क्रिस सोलेको बलमा विकेट किपर लोकेश बमको हातबाट आउट हुन पुगे। 

गुल्सन झा पहिलो बलमा नै बसिर अहमदको बलमा एलबीडब्लु धरापमा परे। अर्जुन घर्ति १ रन बनाउँदा अकिब इलियासको बलमा बोल्ड आउट भए। 

जिसन मक्सुद २ रन बनाउँदा क्याच आउट हुन पुगे। नन्दन यादव शुन्य रनमा पेभेलियन फर्के। विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १७ रन दिदा ४ विकेट आफ्नो नाममा गरेका हुन्। 

बसिर अहमद र क्रिस सोलेले समान दुई विकेट लिए। अकिब इलियासले एक विकेट आफ्नो नाममा गरे। 

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने निकै महंगा सावित भए। उनले आफ्नो स्पेलमा ३६ रन खर्चदा विकेट विहिन रहे। 

विराटनगरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad