राजनीति


प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक

प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक

नेपालखबर
मंसिर २२, २०८१ शनिबार ९:७, काठमाडौँ

नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ। यही मंसिर २५ गते बस्नेगरि बैठक आह्वान गरिएको एमालेले जनाएको छ। 

पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad