समाज


यी हुन् संक्रमणकालीन न्यायसम्बन्धी २ आयोगका लागि छनोट भएका ४० उम्मेदवार

उम्मेदवारको विषयमा प्रतिक्रिया जनाउन ५ दिनको समय
यी हुन् संक्रमणकालीन न्यायसम्बन्धी २ आयोगका लागि छनोट भएका ४० उम्मेदवार

नेपालखबर
मंसिर २२, २०८१ शनिबार ९:२६, काठमाडौँ

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी २ आयोगका लागि छनोट भएका ४० उम्मेदवारको सूची सार्वजनिक गरेको छ। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिला आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले शनिबार सूचना जारी गर्दै ४० जना उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। 

नामावली सार्वजनिक गर्दै समितिले उनीहरुका विषयमा प्रतिक्रिया जनाउन पनि पाँच दिनको सयम निर्धारण गरेको छ। 

‘यस सूचनामा नाम समावेश भएका देहायका व्यक्तिहरुका बारेमा कसैको कुनै प्रतिक्रिया भए यो सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र पुष्ट्याइँ हुने आधार प्रमाणसहित लिखित वा विद्युतीय माध्यमबाट प्रतिक्रिया दिन अनुरोध छ,’ सूचनामा भनिएको छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad