खेल


शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान

शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १९:४, काठमाडौँ

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले १५ औँ वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक च्याच्पियनसिप-२०२४ का रजत पदक विजेता ४ खेलाडीलाई जनही नगद १ लाख रुपैयाँसहित सम्मान गरेका छन्।

गएको कात्तिक २० देखि २५ गतेसम्म वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडेरेसनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई महानगरपालिकाको सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो। 

प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० देखि ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्वीमस्वीट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गरेका थिए।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका पदाधिकारी, कार्यपालिका सदस्यसहित अधिकारीहरू उपस्थित थिए।

महानगरपालिकाले खेल क्षेत्रको प्रवर्धन र खेलाडीहरूको आत्मबल बढाउन राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गर्ने गरेको छ। यस्तै खेलप्रेमीहरूलाई प्रतियोगिता हेर्ने वातावरणका लागि सार्वजनिक स्थलहरूमा एलइडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्ने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad