राजनीति


लोक सेवा आयोगका सदस्य खड्काले लिए सपथ

लोक सेवा आयोगका सदस्य खड्काले लिए सपथ

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १३:२०, हेटाैँडा

बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार (आज) प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा सदस्य खड्कालाई शपथ गराएका हुन्।

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए। 

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन्। यससँगै बागमती प्रदेश लोक सेवा आयोगले पूर्णता पाएको छ। सपथ ग्रहण समारोहमा मुख्यमन्त्री बहादुर सिंह लामाको समेत उपस्थिति रहेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad