आजदेखि पाटनस्थित यलमाया केन्द्रमा प्रथम ‘क्युएर फिल्म फेस्टिबल काठमाडौँ’ सुरु हुदैछ। आजदेखि सुरु हुने महोत्सव मंसीर २४ सोमबार सम्म चल्नेछ।
यस चलचित्र महोत्सव अन्तर्गत विश्वभरिका ५१ वटा चलचित्र प्रदर्शन हुनेछन। यस मध्ये ११ वटा फिचर फिल्महरु दक्षिण एशियामै पहिलो पटक प्रदर्शन हुन लागेका हुन्।
डकस्कुलको सञ्योजकत्वमा आयोजना हुन लागेको फेस्टिबलले लैङ्गिक विविधताका साथै, चलचित्र प्रस्तुतिको कलात्मक फरकपनलाई विशेस महत्त्व दिएको छ। यस अन्तर्गत एलजीबीक्युआईए प्लस समुदायका थुप्रै प्रसंग समावेश हुनेगरि चलचित्रहरु प्रदर्शन गरिनेछ।
चलचित्र प्रदर्शनसहित महोत्सवमा ‘चलचित्रमा यौनिकता, महिला, क्युएर समुदायको प्रतिनिधित्व र प्रस्तुतिकरण’, ‘अनलाईन स्पेसमा क्युएर चलचित्रहरु’ लगाएतको विषयमा छलफल पनि आयोजना गरिदैछ। शनिवार (मंसिर २२ गते) क्युएर समुदाय ले सञ्चालन गर्ने विभिन्न सामाग्रिहरुको बजार पनि आयोजना हुनेछ।
नेपालमा यस प्रकारले क्युएर चलचित्र, र समकालिन क्युएर पहिचान वरपर आयोजना गरिन लागिएको यो पहिलो कार्यक्रम हो। विश्वभरि चलचित्रमा लैङ्गिक विविधतालाई सम्बोधन नभएको भनि आवाज उठिरहेको बेला यस प्रकारका महोत्सवको आयोजनाले नेपाली चलचित्रकर्मी माझ लैङ्गिक विविधता बारे थप कुरा बुझ्ने र भावि चलचित्रहरुमा यस विषयबारे सतर्क रहन पनि महोत्सवले भुमिका खेल्ने आयोजको विश्वास छ।
महोत्सवको सुरुवाती फिल्मको रुपमा पाकिस्तानको फाजिया मार्जा निर्देशित फिल्म ‘क्वीन अफ माइ ड्रिम्स’ प्रदर्शन हुँदैछ। महोत्सवमा जानेलाई प्रवेश शुल्क निःशुल्क छ।
Shares

प्रतिक्रिया