राजनीति


हिरासतमै पुगेर रवि भेटेपछि बाबुरामले भनेः राजनीतिक प्रतिशोध साँधियो

हिरासतमै पुगेर रवि भेटेपछि बाबुरामले भनेः राजनीतिक प्रतिशोध साँधियो

फाइल तस्बिर: रवि लामिछाने र डा. बाबुराम भट्टराई


नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १०:५९, काठमाडौँ

नेसपा नयाँ शक्ति का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलााई भेटेका छन्।

भेटपछि पत्रकारहरूसँग कुरा गर्दे डा. भट्टराईले ‘रविमािथ राजनीतिक प्रतिशोध साँधिएको र सहकारी समस्यालाई विषयान्तर गरिन लागेको’ दाबी गरे। 

उनले सहकारीको रकम हिनामिना गर्नेहरु राज्य सत्ताका आसेपासे भएको र उनीहरुलाई उन्मुक्ति दिने तथा विपक्षीमाथि प्रतिशोध साँध्ने काम भएको जिकिर मात्र गरेनन्, बचतकर्ताको रकम सुरक्षा गर्नेतर्फ राज्य उदासीन भएको आरोप पनि लगाए।

रास्वपा सभापति लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीपछि चितवनको सहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान लिइसकेपछि बुधबार राति मात्र पोखरा पुर्‍याइएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad