भुटानी राजा जिग्मे वाङचुक अनाैपचारिक भ्रमणकाे लागि नेपाल आएका छन्।
ड्रुक एयरको विमानबाट शुक्रबार बिहान ९: ४२ मा १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी काठमाडौँआइपुगेका हुन्। उनलाई स्वागत गर्न परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
उनी काठमाडौँमा हुँदा बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्ने तालिका छ।
काठमाडाैँ आउँनासाथ उनी स्वयम्भूनाथ भ्रमणमा गएका छन्। स्वयम्भूपछि उनी बौद्धनाथको दर्शनकाे लागि जाने छन्।
उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
123
Shares

प्रतिक्रिया