ad ad

राजनीति


एमसीसीबारे दलकाे निर्णय पर्खँदै सभामुख

एमसीसीबारे दलकाे निर्णय पर्खँदै सभामुख

नेपालखबर
चैत ३, २०७६ सोमबार ८:५१,

सभामुख अग्निप्रसाद सापकोटाले, अमेरिकासँगको सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदनका लागि दलकाे निर्णयकाे पर्खाइमा रहेकाे बताएका छन।

दलकाे निर्णय प्राप्त हुनासाथ साे सम्झाैतालाई अनुमाेदनका लागि पेश गर्ने उनले बताए।

सोमबार पत्रकारसँग कुरा गर्दै उनले सत्तारूढ पार्टी तथा सबै पक्षसँगको सहमतिबमोजिम संसदमा एजेन्डामा समावेश गर्ने बताएका हुन्।

‘यो विषय अहिले बहसमै छ। सत्तारूढ दलभित्र यो विषयबारे छलफल भैरहेको सुचना पाएको छु,’ सोमबार पत्रकारहरुसँगको अन्तरक्रियामा सापकोटाले भने। ‘सत्तारुढ दल नेकपामा त्यसबारे निर्णय भएपछि सो एजेण्डलाई प्रक्रियामा लैजान समस्या छैन।’

सत्तारुढ पार्टी, विभिन्न पार्टीका मुख्य सचेतक, सचेतक र राष्ट्रिय रुपमा समेत त्यस विषयमा छलफल चलिरहेको बताउँदै सो बहस एउटा निचोडमा पुगेपछि आफूले प्रक्रिया अघि बढाउने बताए।

‘मैले त सहजीकरण गर्ने मात्रै हो,’ उनले भने।

सीमासम्बन्धी सांसदहरुले तयार पारेको संकल्प प्रस्ताव आगामी बैठकमा पेस हुने उनले जानकारी दिए।

रिक्त उपसभामुख पदमा चयन गर्नेबारे दलहरुबीच छलफल जारी रहेको र त्यसमा पनि दलीय सहमती भएपछि उपसभामुख चयन प्रक्रिया सुरु हुने उनले बताए।

एमसीसी सम्झाैता संसदबाट अनुमाेदन गर्ने बिषयमा नेकपाका शीर्ष नेताहरु विभाजित भएका कारण साे एजेण्डा प्रतिनिधी सभामा पेश हुन सकेकाे छैन। अनुमाेदनमा ढिलाइकै कारण साे परियाेजनाकाे निरन्तरताबारे नै अन्याेल बढिरहेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .