ad ad

कारोबार


मन्त्री अर्यालद्वारा असिना पीडित किसानलाई सहयोगको प्रतिवद्धता

मन्त्री अर्यालद्वारा असिना पीडित किसानलाई सहयोगको प्रतिवद्धता

नेपालखबर
चैत ३, २०७६ सोमबार ९:०,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले स्याङ्जा स्थित फेदिखोला नगरपालिकामा असिनापानीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन्।

मन्त्री अर्याल सोमबार फेदिखोला गाउँपालिका पुगेर शनिबार राती आएको हावाहुरी, चट्याङसहितको असिनापानीले गाउँपालिका क्षेत्रमा पुर्‍याएको क्षतिको निरिक्षण गरेकी हुन्।

असिनापानीले ठूलो मात्रामा क्षति पुर्‍याएको क्षेत्र फेदिखोला गाउँपालिका–४ को आरुखर्क र वडा नम्बर २ को कुडुले भन्ने स्थानमा पुगेर मन्त्री अर्यालले स्थलगत निरीक्षण गरिन्। असिनापानीले क्षति पुर्‍याएको क्षेत्रमा पुगेर मन्त्री अर्यालले कृषिमा लगानी गरेर अगाडि बढेमा कृषिमार्फत देश समृद्ध हुने भन्दै त्यसैका आधारमा फेदिखोलाबासी कृषिमा लागेको बताइन्।

Padma_Aryal_Asinapani-fedikhola_3.jpg

प्राकृतिक विपत्तिबाट ठूलो क्षति भएको भन्दै क्षतिबाट निरास नहुन र फेरि पनि उर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न मन्त्री अर्यालले आग्रह गरिन्। तपाइँहरु कृषि क्षेत्रमा उर्जाका साथ लाग्नुभयो। यो कार्यको म उच्च प्रसंशा गर्दछु। अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पुर्‍याएको छ’ मन्त्री अर्यालले भनिन्, ‘क्षतिबाट तपाइँहरु कतिपनि विचलित नभएर फेरिपनि उर्जाका साथ लाग्नुस्। राज्यले तपाइँहरुलाई सहयोग गर्छ।’

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्यांकन गरेर विवरण पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गरेकी छन्। सबै विवरण आइसकेपछि संघ प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपुर्ती दिने मन्त्री अर्यालले प्रतिबद्धता जनाइन्।

Padma_Aryal_Asinapani-fedikhola_1.jpg

गत शनिवार (चैत १ गते) राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अबिरल रुपमा परेको असिनापानीले वडा नम्बर १, २, ३, ४, ५, ९ मा क्षति पुर्‍याएको छ। असिनापानीका कारण टनेल, सागसब्जी, सुन्तलाको रुखहरु, डाले घाँस सबै ध्वस्त भएको वडा नम्बर ४ का अध्यक्ष माधव शर्माले जानकारी दिए। यस्तो ठूलो असिनापानी ययसअघि आएको थाहा नपाएको उनले बताए। ‘२०२४ सालमा अलिअलि आएको थाहा पाउँछौ। त्यसपछि यस्तो असिनापानी आएकै छैन। म अहिले ५८ वर्षको भएँ। यस्तो असिनापानी आयो की सबै कुरा लगेर गयो’ वडाअध्यक्ष शर्माले भने।

शर्माका अनुसार १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ। उनका अनुसार वडा नम्बर ४ मा सबैभन्दा बढी क्षती भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ। १,२ वटा घरमा चट्याङ परेपनि मानीय क्षति भने भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .