राजनीति


कीर्तिपुरमा सबै वडाध्यक्ष कांग्रेसबाट

कीर्तिपुरमा सबै वडाध्यक्ष कांग्रेसबाट

नेपालखबर
मंसिर १७, २०८१ सोमबार २२:१५, काठमाडौँ

कीर्तिपुर नगरपालिकाका सबै वडाध्यक्ष नेपाली कांग्रेसका भएका छन्।

कीर्तिपुरका १० वडामध्ये सबैमा कांग्रेसको नेतृत्व चयन हुन पुगेको छ।

यसअघि २०७९ मा एक जना स्वतन्त्र उम्मेदवार जित्दा ९ वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका थिए। त्यतिखेर वडा नम्बर ४ मा श्‍यामकुमार अधिकारी स्वतन्त्र उम्मेदवारका रूपमा अध्यक्ष निर्वाचित भएका थिए। उनले १ हजार ३८० मत पाएका थिए।

अधिकारीको मृत्यु भएपछि उपनिर्वाचन हुँदा त्यसबेला पराजित भएका राजेन्द्र बानियाँले जित हात पारेका छन्। अब २०८४ सम्म बानियाँले वडाको नेतृत्व गर्नेछन्।

वडा नं १ मा भएको उपनिर्वाचनमा पनि कांग्रेसले पुरानो सिट सुरक्षित गरेको छ। अघिल्लो चुनावमा यस वडामा कांग्रेसका हीरालाल महर्जन निर्वाचित भएका थिए। यसपालि कांग्रेसकै इच्छाकुमार महर्जनले वडाको नेतृत्व पाएका छन्।

स्थानीय तहको उपनिर्वाचनअन्तर्गत आइतबार मतदान भएको थियो। नगर प्रमुख र २ वडामा भएको कीर्तिपुरको उपनिर्वाचनमा सबै सिट कांग्रेसले जितेको छ।

कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्। यसअघि पनि कांग्रेसकै नगर प्रमुख थिए।

वडा नं. २ मा रुपेश महर्जन, वडा नं ३ मा सुवीन्द्र महर्जन,  वडा नं. ६ मा खिरमान सिंह बस्नेत,  वडा नं ५ मा राजेन्द्रकुमार महर्जन, वडा नं ७ मा दिवाकर अधिकारी, वडा नं ८ मा सानुमैया महर्जन, वडा नं ९ मा दिनेश श्रेष्ठ र वडा नं १० मा नरेश महर्जन वडाध्यक्ष छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad